डोटी–पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा डोटीका नेता कार्यकर्ताहरुलाई मिलाएर अघि बढ्ने बताएका छन् । पार्टीभित्रको आन्तरिक गुटबन्दी कसरी मिलाउनु हुन्छ ? कसलाई आर्शिवाद दिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा पूर्वमन्त्री बलायरले आफु आम सहमती गरेर डोटीलाई एकढिक्का बनाउने प्रतिबद्धता गरे ।
गृह जिल्ला आएका पूर्वमन्त्री एवम् युवा नेता वलायरले प्रेस युनीयन डोटीले मंगलवार दिपायलमा पत्रकार सम्मेलन गरेको थियो ।
‘म केन्द्रिय सदस्य भएकाले महासमिति सदस्य स्वतः हुन पाउने प्रावधान छ, मलाई चुनाव जितहारको चिन्ता छैन । सबैलाई मिलाएर लग्ने प्रयत्न हुन्छ’, उनले भने, ‘मेरो ठाउँमा कुनै अर्को मान्छे आओस भन्ने चाहना छ तर बिभिन्न बहाना बनाएर मेरो मान्छे तेरो मान्छे भनेर अडान लिइयो भने कसैको हित हुँदैन ।’
उनले उम्मेदवारका आकांक्षि सबैले महाधिवेशन र महासमिति सदस्यमा मात्र लड्न खोजे सहमती गर्न अप्ठेरो हुने आशय व्यक्त गरे । लड्नेले आत्ममुल्यांकन गरेर के मा उपयुक्त हुन्छु भन्ने कुरा राजनैतिक दृष्टीबाट समेत दावी ग¥यो भने थुप्रै नेताकार्यकर्ताहरुलाई समेट्न सकिने ठाउँ भएको बताए । ‘म सहित केन्द्रमा २६ जना जान पाउँछौ’, उनले भने, ‘३४ जना प्रदेशमा जाने ठाउँ छ , त्यसवाहेक जिल्ला, गाउँपालिका र वडा हेर्ने नेता कार्यकर्तालाई थुप्रो अवसर छ ।’
उनले अहिलेको क्रियाशिल सदस्य बिगतका झै ढुलमुले नभएकाले सोचबिचार गरेर मात्र नेता चुनिनेमा आशावादी रहेको बताए ।
अहिलेपनि बिकास निर्माणका लागि डोटीमा मेडिकल कलेज, इञ्जिनियरिङ्ग कलेज, पश्चिम सेती, दिपायल–स्याउले फाष्ट ट्रयाक, दिपायल–बझांग–ताक्लाकोट सडक आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले राजधानीका लागि अझै पुर्न बिचार गर्न सकिने बताएका छन् । पराजित भएका बेला राजधानी सर्दा कांग्रेसलाई बिभिन्न आरोप लगाउनेहरुले एमालेवाट जीतेका जनप्रतिनिधीहरुले मत दिदा भने मौन बसेकोबारे उनले कडा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय