डोटी– स्वास्थ्यकर्मी र शिक्षकहरूले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि संघसंस्थाहरुले अहम भुमिका खेलेको बताएका छन् ।
विहीवार संघसंस्थाहरूद्वारा संचालित परियोजनाहरूको विभिन्न स्थानमा स्थलगत अनुगमन गर्ने क्रममा सो प्रतिकृया दिएका हुन् ।
वल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटी( सिडिसी) र समान पहुँच विकास केन्द्र (सिड नेपाल) संगको साझेदारीमा संचालित विभिन्न परियोजनाहरूको सल्लाहाकार समितिले स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा आदर्श गाउँपालिकाको मौवा स्वास्थ्य चौकी पुगेको टोलीलाई सिनियर अहेव यशोदा ओझाले संघसंस्थाले गरेको सहयोगलाई शव्दमा प्रशंसा गर्न नसकिने बताईन् । स्वास्थ्यकर्मी, महिला स्वयमसेविका देखि आमासमुहहरूको समेत क्षमता अभिवृद्धि देखि स्वास्थ्य संस्थामा विभिन्न उपकरण तथा सामाग्रीहरू वल्र्ड भिजनमार्फत सहयोग पाईएको वताईन् ।

आदर्श गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख वम बहादुर खड्काले सरकारले भवन तथा स्वास्थ्यकर्मीहरू दिएपनि संस्थाहरूले सियो देखि विरामी भर्ना गर्ने वेडसम्म उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरे ।

वल्र्ड भिजनले सिड नेपाल मार्फत विरामी वोक्ने स्टेचर, वेड, वर्थिंग सेन्टर तथा डाक्टरलाई सल्यक्रियामा चाहिने सम्पूर्ण उपकरणहरू उपलब्ध गराएको खड्काले जानकारी दिए ।
त्यस्तै सिडिसि डोटीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विभिन्न तवरवाट गरिरहेको सहयोगको पनि अनुगमन गरेको थियो । सिडिसीले पूर्वीचौकी गाउँपालिकाको शाजेन्द्रश्वर माविमा लामो समयदेखि खानेपानी तथा शौचालयको समस्या समाधान गरेको छ ।

बिद्यालयमा पक्की खानेपानी ट्यांकी निर्माण गर्नुका साथै वालमैत्री धारा, अपांग तथा लैंगिकमैत्री शौचालय निर्माणमा सहयोग गरेर ठुलो समस्या समाधान भएको शिक्षक देव वहादुर वोहराले बताउनुभयो । कक्षाकोठाका भित्ताहरु छापामय बनाएर बिद्यार्थीहरुलाई पढाईप्रति आर्कषित गर्ने उदेश्यले ३० वटा बिद्यालयमा काम गरिएको छ । साथै बिद्यालयहरुमा शैक्षिक सामाग्री पाठ्यपुस्तकहरु पनि उपलब्ध गराएर महत्वपूर्ण भुमिका निर्वाह गरेको आदर्श गाउँपालिकाकी शिक्षा समन्वय इकाईप्रमुख मनु क्षेत्रीले बताउनु भयो ।


त्यसवाहेक सिडिसी डोटीले कोभिडका कारण पढाईवाट वञ्चित कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई ९२ वटा टोलमा रिडिङ्ग क्याम्प संचालन गरिरहेको शाजेन्द्रश्वर माबि व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर खड्काले बताउनु भयो । ‘पढाइ बिर्सेका बिद्यार्थीहरुलाई रिडिङ्ग क्याम्पले केन्द्रित गरीरहेको छ’, अध्यक्ष खड्काले भन्नुभयो,‘रिडिङ्ग क्याम्पमा रमाइलो पनि हुने ज्ञानवद्र्धक कुरा पनि सिकिने भएकाले प्रभावकारी बनेको छ ।’

डिसी डोटीले समावेशी तथा गुणस्तरिय शिक्षा प्राविधिक कार्यक्रम तथा सिड नेपालले सिएसपी र टाकेडा हेल्दी भिलेज परियोजना जिल्लाको पुर्विचौकी, आदर्श र सायल गाउँपालिकामा संचालन गरिरहेको छ । तीन बर्षअघिवाट संचालीत परियोजना फेजआउट हुनुपूर्व वल्र्डभिजनले जिल्ला सल्लाहकार समितिमार्फत बार्षिक अनुगमन गराएको थियो । अनुगमनमा जनप्रतिनिधी, वल्र्डभिजनका कर्मचारी, साझेदारी संस्थाहरुका कर्मचारी, पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य संस्थाहरूमा वितरण गरिएका स्वास्थ्य सामाग्री , उपकरण तथा पढाई मेलाका शत्रहरू अवलोकन गरिएको जिल्ला समन्वय समितिकी उप संयोजक शशी सोबले बताउनु भयो । उहाँले संघसंस्थाहरुले खेलेको भुमिकाप्रति प्रशंसा गर्दै आगामी दिनमा सरकार र संघसंस्थाले एकअर्कासंग हातेमालो गरी अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय