सेतोपाटी संवाददाता
काठमाडौं,
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतिबारे जानकारी लिएका हुन्। मन्त्री खाँणले विमानस्थलको उद्घाटन कहिलेसम्म गर्न सकिन्छ र के के काम सकियो र के के गर्न बाँकी छ भनेर सोधेका थिए। जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेसन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र उनीहरूको टोली आएर त्यो काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्था हुने जानकारी गराएका थिए। अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङ गर्ने काम भइरहेको उनीहरूले मन्त्री खाँणलाई जानकारी गराए। त्यस्तै, भैरहवमा अन्तर्राष्ट्रिय उडान सुरू भएपछि आन्तरिक उडान प्रेसर पर्छ कि पर्दैन भनेर मन्त्री खाँणले चासो राखेका थिए।महानिर्देशक पोखरेलले काठमाडौंमा जति एरिया रहेको र कुनै असर नगर्ने जानकारी गराएका थिए । मन्त्री खाँणलाई उनीहरूले विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय