काठमाडौँ — माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो ।
उनीहरु चन्द्रागिरि हिल्स रिसोर्टमा सोमबार बेलुकादेखि पार्टी भेला गरिरहेका थिए । बुधबार बिहान रिसोर्टबाट सोझै आयोग पुगेका हुन् ।

सनाखतका लागि बुधबार बिहान ११स्३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग गएका हुन् ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठका अनुसार सनाखतको लागि तत्कालीन एमालेका ५४ जना केन्द्रीय सदस्य र ३४ जना संघीय सांसदहरु आयोग गएका छन् ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय