असोज १
कृष्ण मलासी
डोटी, डोटीको शिखर नगर पालिका डोटी द्वारा विभिन्न वडा हरुमा आँखा शिबिर सञ्चालन गरिएको छ। आज वडा न: ९ को श्री सिताराम माध्यमिक बिधालय मा आँखा शिबिर सञ्चालन गरिएको थियो। वडा न:७ र ९ का वृदाआमाबुबा,बालबालिका, बिद्यार्थि लगायत विभिन्न आखामा समस्या भएका र आर्थिक अबस्था कमजोर भएका ब्याक्तिहरुको आँखाको चेकजाँच गरि आखामा समस्या भएका ब्यक्ति लाई चस्मा र औसधिको को नि-शुल्क ब्यबस्था गरिएको नगर उ.प प्रमुख सुनिता रावल जोरा ले बताइन । भाैगाेलिक विकटता,गरिबी,वेरेजगारि र आर्थिक अवस्था कमजाेर भयका कारण धनगढिकाे गेटा आँखा अस्पताल जान सारै समस्या हुने भयका कारण शिविर सन्चालन गरियकाे हाे । कुनैपनि जनता उपचार नपायर आँखाकाे ज्याेति गुमाउनु नपराेस भन्दै जनताकाे स्वास्थ्य स्वस्थ राख्न मा विशेष जाेड दिने रावलले बताईन ।वडा न: ७ र ९ गरि जम्मा पाँच सय बिद्यार्थि र दुई सय दस जना वृदाआमाबुबा लगायत स्थानीय बासिले आज यो सेवा निशुल्क लिएको शिखर नगर पालिका का आँखा अस्पताल प्रमुख नवीन न्यौपानेले बताए । जम्मा सात सय दश जनाको आखाको चेकजाँच गर्दा २० जना ब्यक्ती मोति बिन्दुको अप्रेसनका लागि छनोट भएको र १७ जना बिद्यार्थिहरु लाई निशुल्क चस्मा बितरण गरिएको शिखर नगर पालिका का उप प्रमुख रावलले बताइन। यसैगरी वडा न: ४ मा यही असोज ३ गते एकदिने आँखा शिबिर संचालन गरिने छ वडा नं ३,४,५,६ का स्थानिय वासिहरुले प्रत्यक्ष रुपमा सेवा पाउनेछन । दशै लगतै नगर स्तरमा शल्यक्रिया सहितको आँखा शिबिर संचालन गरिने उप प्रमुख रावलले बताइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय