धनगढी, १ असोज । बिहीबार रातीदेखि सुदूरपश्चिममा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय