भदौ ३१
कृष्ण मलासी
डोटी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले पश्चिम बिपद जोखिम पुर्बतयारी तथा न्यूनीकरण सम्बन्धि स्थानीयकरण दुई दिने तालिम डोटीको सदरमुकाम दिपायलको होटल रिभर साइड मा आज सम्पन्न गरेको छ। कार्यक्रमको उदघाटन ने.रे.सो डोटी जिल्ला शाखाका सभापति श्री लक्षीराम कुँवर को सभाध्यक्षतामा भएको थियो। उक्त कार्यक्रम मा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कल्पना श्रेष्ठ, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सि. खड्का (बिजयी) उप प्रमुख कल्पना महर साउद , शिखर नगरपालिका का नगरप्रमुख दीर्घ ब. बलायर उप प्रमुख सुनिता रावल जोरा, पूर्वीचौकी गाउँपालिका अध्यक्ष राम उपाध्याय उपाध्यक्ष पशुपति खड्का , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीबलका उपरीक्षक, ने.रे.सो सुदुरपश्चिम प्रदेश समितिका महासचिव श्री देव वोहरा लगायत कार्यक्रम लागू भएका वडा का जनप्रतिनिधि लगायत विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम डोटीको शिखर नगर पालिका र पुर्बिचौकी गा.पा मा लागू भएको बताएका छन। बिपद जोखिम का लागि के के कुराहरू अपनाउने र के कस्ता क्रियाकलाप गर्ने सम्बन्धि यो बिपद जोखिम पुर्बतयारी तथा न्यूनीकरण स्थानीयकरण सम्बन्धि दुई दिने तालीम राखिएको थियो । उक्त कार्यक्रम मा बिपद जोखिममा रहेका जनता लाई पुर्ण रूपमा सहयोग गर्ने पूर्वीचौकी गाउँपालिका अध्यक्ष राम उपाध्यायले बताए । तीन वटै स्थानीय का प्रमुख र उप प्रमुखले बोल्दै गर्दा तिन वटै स्थानीय सरकारले बिपद जोखिम को लागि पुर्ण रुपमा सहयोग गर्ने बताएका छन । तीन वटै पालिका ले बिपद जोखिम न्यूनीकरणको लागि आ आफ्नो पालिका बाट रु.पाँच लाख बराबर बजेट छुट्याउने बताएका छन ।उक्त कार्यक्रम लाई रबिन ढकालले सञ्चालन गर्नुभएको थियोे । कार्यक्रमको सहजिकरण शंघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखाका उपसचिव श्री ऋषिराज आचार्यज्यू र ने.रे.सो केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत श्री शेखर रेग्मीज्यूले गर्नुभएको थियो। भने कार्यक्रम को समापन ने.रे.सो डोटी जिल्ला शाखाका सभापति श्री लक्षीराम कुँवरले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय