डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा जोखिममा रहेका बालबालिकाहरूलाई बाल दिवसको अवसर पारेर आर्थिक सहयोग गरिएको छ । बुधबार युनिसेफको आर्थिक सहयोगमा बास नेपालको आयोजनामा बाल दिवसको अवसरमा जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरियो । संस्थाले डोटी जिल्लाका विभिन्न स्थानीय तहमा रहेका जोखिम एकल महिला तथा आमाबाबु विहिन बालबालिकाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले यस्ता खाले एकल महिला तथा बालबालिकाहरू आर्थिककै कारणले घरव्यवहार चलाउन र बालबालिकाहरू स्कुल पढ्न बाट बञ्चित नहुन दिनको निम्ति आर्थिक सहयोग गर्दै छ । संस्थाले जुन मानिस साच्चिकै जोखिममा छन् ती मानसहरूको पहिचान गरेर आर्थिक सहयोग गरेको दिपायल सिलगढी नगरपालिका ८ का वडा अध्यक्ष दशरथ बलायरले बताएका छन् । उनले संस्थाले जुन आर्थिक सहयोग गरेको छ सो रकम सहि सदुपयोग गर्न समेत आग्रह बलायरले गरे । स्कुल ड्रेस सिलाएको १ महिना भयो पैसा नभएर आउट ड्रेसमा बालबालिकाहरू स्कुल जाने गरेको दिपायल सिलगढी नगरपालिका ८ कि काली लुहारले बताइन् । उनले हामी जस्ता सहारा विहिन हरूलाइ संस्थाले छानेर छोराछोरीहरूका लागि आर्थिक सहयोग गरेकोमा संस्थालाई धन्यवाद समेत दमाइले दिइन् । बास नेपालले दिपायल सिलगढी नगरपालिका र अन्य स्थानीय तह लगाएर जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई ३ लाख १५ हजार बढि आर्थिक सहयोग गरिसके को छ । आगामी दिनमा झन्डै ३ लाख भन्दा बढीकाे आर्थिक सहयोग फेरि पनि संस्थाले सहयोग गर्ने छ । बास नेपालले आर्थिक सहयोग मात्रै होइन हिंसामा परेका महिला तथा बालबालिकाहरूलाइ कानुनी रूपमा सहज पुर्‍याउने कार्य पनि विगत ७ महिना अगाडि गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय