डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका अन्तर्गत वडा नम्बर ८ मा बाल दिवसको अवसरमा सुनादेविमा बिधालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिएको छ । बालमैत्री समाजको आधार,जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मुल नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस दिसिनपाको लडागडा सुनादेविमा मनाइयो । बुधबार गुड नेर्वस इन्टरनेशनल नेपाल डोटीको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको समन्वय र सहजीकरण साथै सुनादेवि बाल क्लबको आयोजनामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर बाल दिवस मनाएको हो । बालबालिकाहरू भनेका भविष्यका कर्णद्वार हुन त्यसकारण आजैदेखि बालबालिकाहरूका हक,अधिकारहरूका विषयमा चिन्ताजनक भएर घरपरिवार, बिधालय,र स्थानीय तह लाग्नुपर्ने दिपायल सिलगढी नगरपालिका ८ का वडा अध्यक्ष दशरथ बलायरले बताएका छन् । उनले वडा बाट गर्न सकिने बालबालबालिकाहरूका लागि सम्पुर्ण सहयोग गर्नमा तयार रहेको समेत बलायरले जानकारी गराए । घरपरिवारको संस्कारले बालबालिकाहरूको पहिचान दर्शाउने गर्छ सुनादेविका प्रअ नवराज पाठकले बताए । बाल दिवसको दिन लाई लक्षित गर्दै बालबालिकाहरूका अन्तरनिहित प्रतिभाहरूलाई बाहिर प्रस्फुटन गराउने तरिकाले सो कार्यक्रमको आयोजना गरेको गुड नेर्वस इन्टरनेशनल नेपाल डोटीका बाल प्रायोजित सहायक छत्र बहादुर बडैलाले जानकारी गराएका छन् । उनले बिधालयमा यस्ता खाले जनचेतनामूलक कार्यक्रम संस्थाले विगतलामो समयदेखि गर्दै आएको र बालबालिकाहरूमा पनि बोल्न सक्ने क्षमता,हरेक क्रियाकलापमा भाग लिने क्षमतामा वृद्धि हुदै गैरहेको बडैलाको भनाइ रहेको छ । बाल क्लबको अवसरमा संस्थाल वक्तित्वकला,निबन्ध प्रतियोगिता,हाजिर जवाफ,जनचेतनामूलक डेउडा,बालविवाह सम्बन्धि सडक नाटक,बालगीत जस्ता जनचेतनामूलक कार्यक्रम गर्दै प्रथम,द्वितीय,तृतीय हुने बालबालिकाहरूलाई संस्थाले पुरस्कारको समेत व्यवस्था गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष,बिधालय व्यवस्थापन समितिका अध्यक्ष,बिधालयका शिक्षक शिक्षिका, अभिभावक,गुड नेवर्स इन्टरनेशनल नेपाल डोटी र सामुदायिक विकास केन्द्र डोटीका कर्मचारी र विधार्थीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम भएको हो । डोटी जिल्लाका सबै स्थानीय तहमा बाल दिवस भव्य साथ मनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय