दिपायल – शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बालबालिकाहरुको सुनिश्चित भविष्यका लागि नगर सरकारले शिक्षा क्षेत्रमा विशेष जोड दिएको बताए । ५८औं राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित नगर स्तरीय वादविवाद प्रतियोगिताको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा बालबालिकाहरुको नैसर्गिक अधिकार भएको बताउदै नगर प्रमुख बलायरले शिक्षाले मात्रै बालबालिकाहरुको भविष्य उज्ज्वल बनाउन सक्ने बताए । “बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न नगर सरकार प्रतिवद्ध छ,“उनले भने,“त्यस मध्यको महत्वपूर्ण पाटो भनेको शिक्षा हो । बालबालिकाहरुलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न जरुरी ठानेर हामीले सबै भन्दा बढी बजेट र कार्यक्रम शिक्षा शाखालाई दिएका छौं । निःशुल्क र गुणस्तीय शिक्षा हाम्रो पहिलो प्राथमिकता हो ।”

बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै नगर प्रमुख बलायरले बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताए ।

सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको अवसरमा शुभकामना दिदै उनले शिखर नगरपालिका शिक्षाका लागि विगत देखि नै उर्वर भूमि रहेको बताए । शिखर नगरपालिकामा रहेका विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु देशका प्रधानमन्त्री देखि डक्टर, पाइलट, इन्जिनियर, पिएचडी होल्डर सम्म भएका छन्,“नगर प्रमुख बलायरले भने,“देश तथा विदेशमा उच्च ओहदामा रहेका व्यक्तिहरु यही उर्वर माटोले उत्पादन गरेको हो । अहिलेका बालबालिकाहरुले पनि त्यस्ता उदाहरणीय व्यक्तिहरुको अनुसरण गरेर अगाडी बढ्न गरुरी छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय