डोटी २५ बैशाख / डोटीको आर्दश गाउँपालिकाका नेपाली कांग्रेसका तर्फ बाट पालिका अध्यक्ष पदका उम्मेदवार गणेश खडकाले अब गाउँपालिका बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताएका छन । खड्काले घर दैलो अभियान गर्दा यस्तो बताएका हुन ।

गाउँपालिका अध्यक्ष,उपाध्यक्ष पदका उम्मेदवार द्धय भोटमाग्दै घर दैलो अभियानमा । तस्बिर सामाजिक संजाल
“पहिले कम्यूनिष्टहरुले निजी वनाएका आर्दश गाउँपालिकालाई मेरो टिम निर्वाचित भएर आए पछि नाम जस्तौ पालिका पनि बनाउने प्रतिबद्धता गरेको छै । २०७४ सालको स्थानिय तहको निर्वाचनमा आर्दश गाउँपालिकामा नेकपा एमालेको सरकार हुँदा गाउँपालिकाको करडौं पैसा घोटाला गरेको आरोप लागएका छन ।”

खड्काले घर दैलो अभियानको क्रममा तपाईहरुले मलाई मायाले दिएको मतको कदर गर्ने छु । आफु पालिकामा निर्वाचित भए मेरा पालिका बासीहरुको शिर झुकन दिने छैन,पालिका बासीको समस्या भन्नु नै मेरो समस्या भएकाले समस्याको समधान जनताहरुसंग छलफल गरी समस्याको सामाधान खोज्ने छु । तपाईहरुलाई पुर्ण विस्वास दिने छु कि गाउँमा अब सिंहदरवार आएको छ भन्ने कुरामा आभास दिने दिलाउने छु । आफु पालिकामा अध्यक्ष भएर आए पछि आफु पनि भ्रष्टाचार गर्दिन अरु जनप्रतिनिधहरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन ।

अध्यक्ष पदका उम्मेदवार खड्का नेपाल बिद्यार्थी संघ डोटीका पुर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका जिल्ला कार्य समिति सचिब पनि हुन ।
यस्तै गाउँपालिकामा उपाध्यक्ष पदकी उम्मेदवार लक्ष्मी रोकायाले महिलाहरुको हक हितका लागी आफु कटिबद्ध भएर लाग्ने बताएकी छिन,उने भन्नि “ आफु निर्वाचतभ एर गाउँपालिकामा आईसके पछि महिलाहरुले पाउँ सेवा सुविधाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताकी छन । ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय