धनगढी, चैत २३ / धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ को आयोजना गर्न लागेको हो । यो क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने छ ।

धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका खेलाडीहरुको हौसला बढाउन यो प्रतियोगिता संचालन हुन लागेको आयोजकको भनाइ छ । यो प्रतियोगिता संचालनले क्रिकेटको विकास, विस्तार र खेलप्रति सकारात्मक सहभागिता र सहयोग हुन्छ भन्ने अभिप्राय रहेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

यस प्रतियोगितामा नेपालभरका उमेर समुहका चर्चित क्रिकेट खेलाडी र सिनियर खेलाडीहरुको सहभागिता रहनेछ। कैलाली जिल्ला क्रिकेट संघ तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघसङ्गको समन्वय र नेपाल क्रिकेट संघ ( क्यान)को अनुमति लिई यो प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार केहिदिनमा धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराईने उनले बताए ।धनगढी सुपरलिग ९डिएसएल ०लाई प्रायोजक, खेलाडीहरु, प्रशिक्षकहरु,खेलप्रेमी महानुभावहरु, नागरिक समाज, पत्रकारज्युहरु लगायत आम नेपाल तथा बिदेशमा रहनुहुने क्रिकेटप्रेमीहरुको साथ सहयोग र समन्वय हुने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय