धनगढी,२९ मंसिर ।  जनता समाजवादी पार्टी (जसपा) को धनगढी नगर पार्टी कार्यालय उद्घाटन भएको छ । पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य तथा संगठन शुद्धिकरण अभियान सुदूरपश्चिम संयोजक दुर्गा सोपले पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । धनगढी वडा नम्बर २ को मिलनचोकमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै केन्द्रिय कार्यकारिणी सदस्य सोपले अब काग्रेंस कम्युनिस्टबाट देशमा सम्बृद्धी नआउने दावी गरिन् । जनता समाजवादी पार्टी बैकल्पिक शक्तीका रुपमा उदाइरहेको दावी गर्दै उनले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी देशैभर बलियो बन्ने बताइन् ।

कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व सांसद कृष्ण कुमार चौधरी कुन्दनले अँझै पिछिडिएको बर्गले अधिकार पाउन नसकेको दावी गरे । अध्यक्ष चौधरीले अब सबै तहको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने बताए ।

उनले प्रत्यक्ष राष्टपति प्रणाली ल्याएर समानुपातिक प्रतिनिधीत्व हुने किसिमको निर्वाचन भए मात्रै देशको विकास हुने दावी गरे । नगर अध्यक्ष हेमराज पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका २ सय बढी नेता कार्यक्रताहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय